![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)