घण्टाघरको घडीले गणतन्त्र र संघीयतालाई जिस्क्याउन थाल्यो, छिटो मर्मत गरियाेस्: सांसद साह



काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सांसद असिम साहले काठमाडौंको घण्टाघरमा रहेका घडी बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद साहले घण्टाघरको घडीले गणतन्त्र र संघीयतालाई जिस्क्याउन थालेको भन्दै तत्काल मर्मत गर्न माग गरे ।


‘राणा प्रधानमन्त्री वीर शमसेरको पालामा बनेको घण्टा घर र त्यसमा राखिएको घडी विश्वसामू नेपाललाई चिनाउने एउटा पहिचान हो । तर, हाल बिग्रिएको अवस्थामा छ । त्यसलाई तत्काल मर्मच गरिओस् । नत्र त्यो घडीले गणतन्त्र र संघीयतालाई जिस्क्याउनेछ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here