गण्डकीमा श्रमाधान रोजगार मेला सुरु 



गण्डकी । गण्डकी प्रदेशको राजधानीमा पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रोजगार मेलाको संयुक्त उद्घाटन गरेका छन् ।

पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलामा ३९ वटा स्टल राखिएको छ । मंगलबारदेखि चल्ने रोजगार मेलामा श्रमाधानको बहुआयामिक पक्षका बारेमा छलफल तथा संवाद हुनेछ । 


 मेलाको पहिलो दिन श्रम आप्रवासन कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरूका विषयमा संवाद गरिएको आयोजकले जनाएको छ ।

अन्तिम दिन मंगलबार शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुने जनाइएको छ ।

  मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।