‘खल्तीमा राजीनामा हिँड्ने सरकार र डिमोटिभेटेड संसद्सँग के कुरा राख्ने ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ प्रतिनिधि सभालाई ‘डिमोटिभेटेड संसद्’ को संज्ञा दिएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले खल्तीमा राजीनामा बोकेर हिँड्ने सरकार र डिमोटिभेटेड संसद्सँग कुरा राख्नुको औचित्य नरहेको बताएका हुन् ।

साथै, उनले नेपालको बजारमा अहिले प्रतिदिन २० केजी सुन खपत भइरहेको बताए । उनले राजश्व संकलन भने १८० केजीको भइरहेको दाबी गरे । नेपालबाट ठूलोमात्रामा सुन तस्करी भइरहेको उनले संकेत गरे ।


‘विकास खर्च र राजश्व संकलनको द्वन्द्वमा सुन आयतको कुरा भर्खरै एउटा दृष्य देखेर आएँ । नेपालको बजारमा प्रतिदिन २० केजी सुन खपत हुने रहेछ । १८० केजीको राजश्व संकलन भइरहेको रहेछ । आयत र खपतको बीचमा तस्करी भइरहेको कुरा छ,’– उनले भने ।

साथै, सरकारले गोरखकालीको पुर्जा खर्च कटौती गरेको भन्दै आपत्ति जनाए ।