क्यानले विश्वकपमा नेपालकाे बेइज्जत गर्‍याे, खेलाडीहरुकाे शिर निहुरियाे, कारबाही होस्ः भीमप्रसाद आचार्य



काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान) मा व्यापक भ्रष्टाचार भएको आशंका व्यक्त गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको विषेश समयमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमनत्रीसमेत रहेका आचार्यले क्यानमा ठूलो अनियमितता भएको भन्दै तत्काल छानबिन गर्न माग गरे । ‘यस प्रतियोगीतामा अनेकौ खालका काम भईरहेको समाचार आईरहेका छन् । क्यानको नेतृत्वबाट कमजोरी भएको ेदखिन्छ । क्यानबाट अनियमितता भईरहेको गुनासो आएको छ । सत्यतथ्य छानबिन होस्’ उनले भने ।


आचार्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई अमेरिका लैजाने कार्यमा क्यान नेतृत्व चुकेको र आवश्यक पहल गर्नसमेत नसकेको आरोप लगाए । ‘टिमका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय टिममा नराखेर उनले भीसा पाएनन् । जिताउन लाग्नुपर्ने क्यानको नेततृ्व हराउन लाग्यो’ उनले भने ‘राम्रो खेलाडीलाई हराएर किन टिम बनाइयो ? । यो ेनपाललाई हराउने रणनीति हो कि जिताउने ? । १० जनाको टिममा जाने सर्पोटिङ ग्रूपमा एकजना डाक्टर अनिवार्य राख्नुपर्ने हुन्छ । डाक्टरलाई कटाएर महिलाको नाम राखिएको छ । जसले गर्दा आईसीसीले अस्वीकार गर्यो । यसले नेपालको सम्मानमा ठूलो आगात पारेको छ’ ।

सांसद आचार्यले अमेरिकामा खेलाडीहरुलाई होटलमा उब्याएर चन्दा उठाईउको र महंगोमा अवैधरुपमा अमेरिका लगेर नेपाली जर्सी बेचेकोबारे सत्यतथ्य छानबिन हुनुपर्ने बताए । ‘खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उब्याएर त्यहाँ चन्दा उठाएर दिएको भन्ने गुनासो आएको छ । अवैधरुपमा जर्सी अमेरिका लगेर बेचेको समाचार आएका छन् । त्यहाँका नेपालीलाई महंगानेमा बेचेको गुनासो आईरहेको छ । त्यो रकम पनि हिनामिना भएको छ । खेलाडीले हस्ताक्षर गरेको ट्याक र टिसर्ट मर्यादाहिन ढंगले बिक्री गरेको भन्ने कुरा आएको छ । ८० डलर पर्ने खेलको टिकट १३५ डलरमा बेचेको भन्ने कुरा आएको छ । यसबारेमा यथासिघ्र छानबिन होस’ उनले भने ।