क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौँ । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।


त्यस्तै समुह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समुहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here