कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रहेको रिट आइतबारसमेत हेर्दाहेर्दैमा राखिएको छ । आइतबार न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

पूर्ण इजलासमा आइतबार मुद्दाका विपक्षी प्रदेश प्रमुख पर्शुराम खापुङको तर्फबाट महान्यायाधिवक्ता कार्यालयबाट चार जनाले बहस गरेका थिए । त्यस्तै, कोशी प्रदेशका सभामुखको तर्फबाट पनि मुख्य न्यायाधिवक्ता कार्यालयका सरकारी वकिलहरूले जवाफी बहस सकेका छन् ।


हिक्मत कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बहस गर्न भ्याएका थिए । इजलासले भोलि रिटमा विपक्षी रहेका अन्य पक्षको जवाफी बहस सुन्नेछ र त्यसपछि रिट निवेदक केदार कार्कीका तर्फका कानुन व्यवसायीहरूले अन्तिम तर्क पेस गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here