केन्यामा विदेशी शरणार्थीको भार बढ्दो



केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले जनाएको छ ।

केन्याको काकुमामा रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त उपकार्यालयका प्रमुख नन्दुरी सतीशले जानकारी दिएअनुसार १० हजार शरणार्थीहरू सहरी क्षेत्रमा बसोबास गरिरहेका छन् । करिब ९० प्रतिशत शरणार्थी सोमालिया, दक्षिण सुडान,े लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया र बुरुन्डीका रहेको उत्तरपूर्वी केन्याको ककुमा शरणार्थी शिविरमा सतीशले बताए ।


उत्तरपूर्वी केन्याको दादाब शरणार्थी शिविरमा तीन लाख ७५ हजार शरणार्थी रहेको बताउदै उनले काकुमाको शरणार्थी शिविरमा दुई लाख ८८ हजार शरणार्थी छन् । पाँच वर्षअघि शरणार्थीको सङ्ख्या छ लाख रहेको तर पूर्वी अफ्रिका क्षेत्रमा अस्थिरताका कारण यो सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे । खडेरी र अत्यधिक गर्मीजस्ता जलवायु परिवर्तनको प्रभावबाट बच्न शरणार्थीका लागि केन्या सुरक्षित गन्तब्य बनेको युएनएचसीआरका अधिकारीले बताए ।