कृषि विकास सहकारीका अध्यक्ष थापासहित ४ जना पक्राउ



काठमाडौं । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अध्यक्ष तेजविक्रम थापा मगरसहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरेको हो ।


आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here