काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन भन्दै संसद्मा केसीले सुनाए कविता



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले शून्य समयमा सांसदले उठाएका विषयलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले कवितामार्फत सरकारलाई व्यंग्य गरेका छन् ।


यस्तो छ केसीको कविता

न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।

सांसद संसदमा बोल्छन् संवोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो डर हो किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here