कांग्रेस सांसद पौडेलको नेतृत्वमा चक्रपथ विस्तारका लागि दवाव यात्रा



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारका लागि दवाव यात्रा गरिएको छ । चक्रपथ विस्तार हुन बाँकी रहेको क्षेत्रमा शनिबार दवाव यात्रा गरिएको हो ।

कलंकीदेखि धोविखोलासम्मको क्षेत्रमा यात्रा गरिएको हो ।पौडेल काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । चक्रपथ विस्तार  हुन बाँकी क्षेत्रमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो । तर काम भने पूरा भएको छैन ।


केही दिनअघि सांसद पौडेलले चक्रपथ विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ राजदूतलाई भेटेका थिए । काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा यहाँका बासिन्दाको स्वास्थ्यमा असर परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here