कांग्रेस सांसद चौधरी भनिन् – बजेट पुस्तिका च्यात्नैपर्छ, मेरो समर्थन छ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेको घटनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा लिङ्देनले बजेटमाथि विभेद गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए । लिङ्देनपछि छलफलमा भाग लिएकी कांग्रेसकी सांसद चन्दा चौधरीले उक्त कदमको समर्थन गरिन् । उनले बजेट पुस्तिका च्यात्नैपर्ने किसिमको रहेको जिकिर गरिन् ।


उनले भनिन्,‘संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो? यो राम्रो होइन। तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here