कांग्रेस र एमालेले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित



काठमाडौं। नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित भएको छ। आजका लागि डाकिएको अधिवेशन असार १० गतेसम्मका लागि स्थगित भएको हो।

आजको बैठक सुरु हुनासाथ मेयर बालेन साहले आर्थिक वर्ष २०८१-८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए।


लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए। कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो।

यसैबीच यसैबीच नगरसभाको बैठक स्थगित भएपछि मेयर शाहले आक्रोश पोखेरका छन्। बैठक स्थगित भएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अबको बैठकमा एमाले र कांग्रेसको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।

उनले लेखेका छन् ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो। काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ। नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here