कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त



काँक्रविहार । कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई आज सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 


यसअघि सदस्य रहेका भक्तबहादुर खड्का उमेर हदले अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here