कंगना रनावतले जितिन् लोकसभा चुनाव



भाजपाकी उम्मेद्वार कंगना रनावतले चुनाव जितेकी छिन् । लोकसभा निर्वाचनमा उनले हिमाञ्चल प्रदेशको मंडी क्षेत्रबाट चुनाव लडेकी हुन् । उनले कंग्रेस आईका विक्रमआदित्य सिंहलाई पराजित गरेकी हुन् ।

आफ्नो जितपछि कंगनाले सामाजिक सञ्जालमा समस्त मंडीवासीप्रति आभार प्रकट गरेकी छिन् । उनले भनेकी छिन्–‘यो जित तपाईहरु सबैको हो, यो जित प्रधानमन्त्री मोदीजी र भाजपाप्रति विश्वासको जित हो । र, यो जित सनातनको पनि हो । यो जीत मंडीको सम्मानको पनि हो ।’