एप्पलका उत्पादनमा च्याटजीपीटी



अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्ना उत्पादनमा च्याटजीपीटी सेवालाई समावेश गरेको छ ।

एप्पलले आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वाओआईएमा च्याटजीपीटी सेवा उपलब्ध हुने इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


प्रयोगकर्ताले च्याटजीपीटीको विशेषज्ञता, तस्बिर र कागजात बुझ्ने क्षमता तथा थप उपकरणमा पहूँच प्राप्त गर्न सक्ने बताइएको छ ।

यस कदमले एप्पल प्रयोगकर्ताहरू बीच गोपनीयताको चिन्ता बढाएपनि एप्पलले सिरी र राइटिङ टुल्स भित्र च्याटजीपीटी पहुँच गर्दा गोपनीयता सुरक्षाहरू निर्माण गरिएको जनाएको छ ।