उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिएका छन् ।

उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उनले नेपाल र भारतबीच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको घनिष्ट सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गरेका छन् ।


मन्त्री भण्डारीले भनेका छन्, “वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्ट रूपमा म विश्वस्त छु कि तपाइँको आगामी कार्यकालमा दुई देशबीचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुनेछन् ।”

यस्तै प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् । भण्डारीले भनेका छन्, “हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।” 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here