इयुको शीर्ष पदको नामाङ्कन सम्बन्धका लागि ‘खराब’– रुस



क्रेमलिनले शुक्रबारयुरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनलाई पुनः नियुक्त गर्ने र इस्टोनियाली प्रधानमन्त्री काजा कालासलाई ब्लकको शीर्ष कूटनीतिज्ञ बनाउने युरोपेली सङ्घ (इयु) को निर्णय सम्बन्धका लागि ‘खराब’ भएको बताएको छ ।

“युरोपेली कूटनीतिले सम्बन्धलाई सामान्य बनाउने मामिलामा कुनै पनि तरिकाले काम गर्छ भन्ने हामीलाई लाग्दैन । मस्को र ब्रसेल्सबीच सम्बन्धका मामिलामा सम्भावनाहरू खराब छन्”, प्रवक्ता दिमित्री पेसकोभले भने, “भोन डेर लेयन युरोपेली सङ्घ र रुसबीचको सम्बन्धको सामान्यीकरणका समर्थक हुनुहुन्न ।” उनले कालास उनको ‘पूर्णरूपमा कठोर, कहिलेकाहीँ हिंस्रक रुसविरोधी भावनाको बयानहरू’ का लागि ‘चिनिने’ बताए ।


सन् २०१९ देखि जिम्मेबारी सम्हाल्दै आउनुभएका भोन डेर लेयनलाई यसै साता इयु शिखर सम्मेलनमा युरोपेली आयोगका अध्यक्षका रूपमा फर्काइएको छ । सोभियत युगका स्मारकहरू नष्ट गर्ने कथित संलग्नतालाई लिएर कालास रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here