आजकाे माैसम : यी प्रदेशमा हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदुरपश्चिम,कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।


त्यस्तै, आज राती कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ छ।