आइसिसी टी–२० : अफगानिस्तानद्वारा युगाण्डा पराजित



काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएकोे समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो ।

विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए ।


त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे । त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए ।

गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै मोहम्द नाबीले अविजित १४ रन बनाए । बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे । स

मूह ‘सी’मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज, न्यूजील्यान्ड र पपुवा न्युगिनी छन् ।