असार ३ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले आगामी असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।


२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।