अपूरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलताः बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपूरो भएको टिप्पणी गरेका छन् ।

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपूरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका हुन् ।


उनले माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्ने दाबी गरे । उनले भने, ‘तत्कालिन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो । अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन् ।’

अपुरो संविधान बनेकै कारण पर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईले बताए ।

उनले भने, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौं । शिक्षा नीति बनिसकेको छैन । त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन । आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन् । पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here