सेयर बजारमा दाेहाेराे अंकको गिरावट, ३ अर्ब ८७ करोडकाे काराेबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकमभने बढेको छ । बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो ।

८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ । सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो ।


यसअघि मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

साताको अन्तिम कारोबार दिन फाइनान्स १.८२ र म्युचअल फण्ड ०.१३ प्रतिशतले बढ्नुबाहेक ११ उपसमूह घटेका छन् । जसको असर बजार परिसूचकमा परेको हो । १८६ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानमा कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता छन् । उक्त कम्पनीको सेयर ९.२८ व्रतिशतले घटेको छ । यस्तै भगवती हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्तलगायतका म्पनी सेयरमूल्य घटेकाको सूचीमा छन् ।

५२ कम्पनीको सेयरमूल्य बढ्दा कालिका लघुवित्तका लगानीकर्ता ७.७१ प्रतिशत फाइदामा रहे । बाराही हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड, गुडविल फाइनान्स बढेका छन् ।

सर्वाधिक कारोबार हुनेमा माउन्टेन इनर्जी छ । उक्त कम्पनीको सेयर १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ७४ लाख, सीइडीबी हाइड्रोपावरको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको ८ करोड ९६ लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।