सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।

यसअघि सोमबारपनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।