श्रीलङ्काले इको टुरिजम, सिमसार संरक्षण प्रवर्द्धधन गर्ने



श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सिमसारको संरक्षणमार्फत इको–टुरिजमलाई अगाडि बढाउन श्रीलङ्काको प्रतिबद्धतालाई जोड दिएका छन् ।

राष्ट्रपतिले जलवायु परिवर्तन र वातावरणीय चुनौतीहरू विरुद्ध लड्न बाह्य कोष पर्खनुको व्यर्थतालाई जोड दिँदै उष्णकटिबन्धीय देशहरूलाई वातावरणीय परियोजनाहरूसँग सम्बन्धित आत्मनिर्भर वित्तीय मोडेलहरू खोज्न आह्वान गरेको उनको कार्यालयले जनाएको छ । उनले डब्ल्यूएलआई एशिया ओशिनिया सम्मेलन सन् २०२४ को समापन समारोहमा उक्त टिप्पणी गरेका हुन् ।


सिमसारको दिगो व्यवस्थापनका लागि सहकार्यलाई बढावा दिन कोलम्बोमा जुन १७ देखि जुन २१ सम्म ‘पर्यावरणमैत्री पर्यटनका लागि सिमसार र सिमसार केन्द्रहरू’ विषय रहेको सम्मेलन आयोजना गरिएको थियो ।