शपथग्रहण गर्नुअघि राजघाट पुगेर मोदीले गरे गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण



काठमाडौं । नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । यो मोदीको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो । शपथग्रहणअघि मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पनि पुगेर उनीप्रति मोदीले श्रद्धाञ्ज्ली अर्पण गरेका छन् । राष्ट्र र जनताको लागि आफ्नो ज्यान आहुति गर्ने सहीदहरुप्रति पनि उनले राष्ट्रिय समर स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री मोदीले आज साँझ ६ बजेको लागि तय भएको छ ।