राष्ट्रिय सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित



काठमाडौँ । राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि विधेयकमाथि छलफल भएको थियो ।


छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जनसहित पेस गरिएको जानकारी दिए । प्रविधिको विकाससंगै दैनिक कारोबारलाई सुरक्षित बनाउनका लागि आवश्यक कानुन बनाउन खोजिएको उनले बताए ।

त्यस्तै बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।