रङ्गेलीका कार्यवाहक मेयरसहित नगर प्रहरीमाथि आक्रमण



मोरङ । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयरसहित नगरप्रहरीमाथि आक्रमण भएको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क उठाइरहेको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।

नगरपालिका भित्रका निजी विद्यालयहरुले मनपरी शुल्क उठाइरहेको भन्दै ती विद्याथीहरुले ज्ञापन पत्र बुझाएका थिए । ज्ञानपन पत्रका सम्बन्धमा कुनै सुनुवाइ नभएको भन्दै ती विद्यार्थीहरुले हिजो आक्रमण गरेका हुन् ।


विद्यार्थीहरुको समूहले प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, कार्यवाहक मेयरसमेत रहेका वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र नगर प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । नगरपालिकाले दिएको जाहेरीको आधारमा घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।