मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै



जनकपुर । मधेश प्रदेश सरकारले आज दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाको बैठकमा आज दिउँसो २ बजे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो। संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको हो।