बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ



बारा। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका खजुरियास्थित घरबाट कलैयातर्फ जाँदै गर्दा मोटरसाईकलमा सवार अज्ञात समूहले गोली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।


कुशवाहा शुक्रबार बिहान आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुशवाहाको पिठ्यउँमा दुई राउण्ड गोली लागेको थियो ।