![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
कक्सबजार (बङ्गलादेश) । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।
बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित मुस्लिम अल्पसङ्ख्यकको बासस्थान हो जसमध्ये अधिकांश छिमेकी देश म्यानमामा सन् २०१७ को क्रूर सैन्य दमनपछि आएका थिए।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
म्यानमाको गृहयुद्धमा लड्नका लागि शरणार्थीहरूलाई जबरजस्ती भर्ती गरेपछि यस वर्ष सशस्त्र समूहहरू बिच झडपहरू बढेका छन् । प्रहरीका अनुसार सोमबार कोक्स बजार जिल्लाको एउटा शिविरमा सुरक्षा गस्ती गरिरहेका शरणार्थीहरूको समूहलाई अराकान रोहिंग्या साल्भेशन आर्मी ९एआरएसए० का कम्तिमा १०० जना सदस्यहरूले आक्रमण गरेको हो ।
“उनीहरूले शिविर वरिपरिको काँडेतार काटेर शिविरको सुरक्षा गरिरहेका रोहिंग्याहरूमाथि आक्रमण गरे“, शिविरहरूमा सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बटालियनका कमाण्डिङ अफिसर मोहम्मद इकबालले बताए ।
“उक्त आक्रमणमा तीन रोहिंग्या मारिनुका साथै सात जना घाइते भएका छन् भने घटनास्थलमा पुगेका प्रहरीहरुमाथि पनि पुलिस एआरएसएका सदस्यहरूले आक्रमण गरेका छन् । पीडितहरुलाई गोली हानेर छुरी प्रहार गरेर आक्रमण गरिएको हो “, उनले भने ।
शिविरमा रहेका रोहिंग्या समुदायका एक नेताले मारिएका तीन जना रोहिंग्या सोलिडेरिटी अर्गनाइजेशनका सदस्य रहेको बताएका छन् ।“शिविरमा दिनरात हत्या र बन्दुकको लडाइँ भइरहेको छ। एआरएसएले हिजो तिनजना आरएसओको हत्या गरेको थियो। यहाँ कुनै पनि रोहिंग्या सुरक्षित छैनन्। एआरएसए र आरएसओले रोहिंग्या शरणार्थीका लागि शिविरलाई नरक बनाएको छ “, उनले भने ।
प्रतिद्वन्द्वी रोहिंग्या समूहहरूले म्यानमामा लड्न युवा रोहिंग्या पुरुषहरूलाई जबरजस्ती भर्ती गर्न अभियान चलाएपछि अप्रिलदेखि शिविरहरूमा सुरक्षा बिग्रिएको छ।
गत महिना संयुक्त राष्ट्रका एजेन्सीहरूबीच प्रसारित र एएफपीले देखेको गोप्य प्रतिवेदन अनुसार लगभग १ हजार ५०० रोहिंग्याहरूलाई द्वन्द्वमा सामेल हुन शिविरहरूबाट निकालिएको छ ।
यस वर्ष प्रतिद्वन्द्वी उग्रवादी समूहहरू बिच शिविरमा भएको झडपमा कम्तीमा २० रोहिंग्या मारिएको राष्ट्रिय दैनिक प्रथम आलोले जनाएको छ । लगभग ६ लाख रोहिंग्याहरूको घर रहेको म्यानमाको रखाइन राज्यमा अझ बढी स्वायत्तता चाहेको भन्दै अराकान सेनासँग लड्नका लागि भर्तीहरूलाई सीमापार पठाइएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)