प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१’ प्रस्तुत



काठमाडौं । प्रतिनिधिसभा बैठकमा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रस्तुत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गरेका हुन् ।

नेपालमा लगानीको वातावरणलाई सहज बनाउ नीतिगत सुधार र कानुन परिमार्जन गर्न आवश्यक भएकाले उक्त अध्यादेश जारी भएको मन्त्री भण्डारीले बताए ।


विधेयकमा स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालनको म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता,करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलीयतलाई वृद्धि गरिएको उनले बताए ।

लगानीलाई सहज बनाउन जग्गा प्राप्ति गर्ने विषयमा सहजता कायम गर्ने, बन क्षेत्रमा प्राकृतिकता प्राप्त उद्योग स्थापना गर्ने विषयलाई सहज बनाउने, सरकारको स्वीकृत लिइ हकबन्दीभन्दा बढी ५० प्रतिशतसम्म उद्योगको क्षमता वृद्धि गर्न धितो राख्ने व्यवस्था गरिएको मन्त्री भण्डारीले बताए ।