प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने



काठमाडौं । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ल्याएको बजेटमाथि आइतबारदेखि सुरु छलफल आज पनि जारी रहनेछ । बजेटमाथि छलफल भोलि मंगलबारसम्म चल्नेछ । 


अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–८० पेस गर्ने कार्यसूची रहेको छ ।