पशुपतिको भेटी चोरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिनाथको भेटी चोरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


अर्का प्रतिवादी सत्यनारायण जोशीसँग भने अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।