नेप्सेमा ३.९७ अंकको गिरावट, ४ अर्बको कारोबार



काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९७ अंकले घटेर दुई हजार ७९ दशमलब ७ विन्दुमा बन्द भएको हो ।                      

नेप्सेमा आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११० वटाको बढेको छ भने १२९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।              


नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.६६ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।  

आज एनआइबीएल स्टेबल फण्डको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १४ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।