चीनमा नाबालिगका लागि कानूनी सहायता बढाउन अभियान सुरु



चीनले नाबालिगहरूको स्वस्थ विकास सुनिश्चित गर्न कानूनी सहायतालाई सुदृढ पार्ने अभियान सुरु गरेको छ । न्याय मन्त्रालयले सुरु गरेको अभियानले समर्पित हटलाइनहरू स्थापना गर्ने, विशेष सेवाहरू उपलब्ध गराउने र कानूनी सहायताका लागि सीमा घटाउनेलगायत १० उपाय तोकेको छ ।

नियुक्त वकिलहरूले विशेष तालिम प्राप्त गरेको र नाबालिगहरूको शारीरिक र मानसिक विशेषताहरूसँग परिचित हुनुपर्ने मन्त्रालयको आवश्यकता रहेको छ । आमाबाबु आप्रवासी कामदारका रूपमा घरबाट टाढा रहेका वा अपाङ्गता भएका बालबालिकाका लागि घर–घर सेवाहरू उपलब्ध गराइनुपर्छ ।


गत वर्ष चीनभरका कानूनी सहायता संस्थाहरूले नाबालिगहरू समावेश भएका एक लाख ८० हजार मामिला सम्हालेको थिए भने समूहलाई एक लाख ५० हजार कानूनी परामर्श प्रदान गरेका थिए ।