काठमाडौं उपत्यकालाई छुट्टै प्रदेश बनाउन सांसद साहको माग



काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले संघ र प्रदेश सरकारबप्च अधिकारको सन्दर्भमा विवाद देखिएको भन्दै स्थानीय तहको अधिकार कटौती गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सांसद साहले स्थानीय तहको अधिकार कटौती गरेर काठमाडौं उपत्यकालाई छुट्टै प्रदेश बनाउन माग गरे ।


उनले भने ‘स्थानीय निकाय भ्रष्टाचार र वेथितीको इपिसेन्टर बनेको छ। त्यसकारण स्थानीय निकायको असीमित अधिकार कटौती गरि त्यसलाई प्रदेशको प्रशासनिक इकाइको रुपमा पुर्नसंरचना गरौं। काठमाडौंले गरिब जनतासँगको गरेको दुव्र्यवहार र स्वच्छारीतालाई हेरी उपत्यकालाई छुटै प्रदेश बनाऔं। छिमिके मुलुक भारतमा पनि राजधानी दिल्लीलाई छुट्टै प्रदेश बनाइएको छ। यसका लागि सरकारलाई आवश्यक कदम चाल्न माग गर्छु’।