एमालेको काँधमा असाधारण जिम्मेवारी छ, सबै व्यवधानलाई पराजित गर्नुपर्छ : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काँधमा देश बनाउने असाधारण जिम्मेवारी रहेको बताएका छन् । उनले भने,‘एमालेको काँधमा असाधारण जिम्मेवारी रहेको छ । समाधान गर्ने बाटोमा अनेक प्रकारका व्यवधान आउनसक्छन् । ती सबै व्यवधानलाई पराजित गर्ने हो । गरेर जानुपर्छ ।’

पार्टीको काभ्रे जिल्लाको ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नुबझ्नेदेखि बुझ्नेसम्म सबै सुखी हुनुपर्ने बताए । उनले भने,‘बच्चादेखि बृद्धसम्म सबैले सुखी हुनुपर्छ । यसको अनुभूति गर्नुपर्छ । एमालेले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्नुपर्छ । यसको लागि एमालेले सम्पूर्ण संयन्त्र प्रयोग गर्नुपर्छ । एमालेको संकल्पलाई पूरा गर्नको लागि काभ्रे जिल्लाले ठूलो जिम्मेवारी वहन गरेको छ । आगामी दिनमा अझै यसको भूमिका सशक्त होस ।’