काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा देखिएको दृश्यका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने बताएका छन्।
महामन्त्री थापाले बिहीबार साँझ पत्रकार सम्मेलन गरेर सत्तपक्षले नै संसद बैठकमा मुठभेडतर्फ धकेल्न खोजेको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग्ने बताएका हुन्।
‘सदनभित्र आज तिक्तता भएको सबैले देख्यौं। सत्तापक्षले नै संसदलाई मुठभेडतर्फ धकेल्न खोजे। गृहमन्त्रीलाई रोस्टममा जान हामीले रोकिरहँदा सत्तपक्षका प्रमुख दलका नेताले सिन क्रियट गर्न खोज्नुभयो। यस विषयमा हामीले प्रधानमन्त्रीसँग जवाफ चाहन्छौं। उहाँले के चाहनुभएको छ। उहाँले जवाफ दिनुपर्छ,’ महामन्त्री थापाले भने।