मन्त्रिपरिषद् विस्तार हुँदै, जसपाबाट प्रदीप यादवसहित तीन जना मन्त्री बन्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका स्वाथ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएर सरकारबाट बाहिरिएसँग प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी थालेका हुन् ।

जसपा नेपालबाट विभाजित भएर बनेका जनता समाजवादी पार्टीबाट प्रदीप यादवलाई स्वाथ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी थालिएको छ । त्यस्तै, जसपाकी हसिना खानलाई स्वाथ्य राज्यमन्त्री र रञ्जु झा ठाकुरलाई विनाविभागीय मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको छ ।


नवनियुक्त मन्त्रीहरुको शपथसमेत आजै गराउने तयारी रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार शपथ आज बेलुका ५ बजेका लागि तय भएको छ ।