बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने एजेन्डा रहेको छ। सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ। यसका लागि संघीय संसदको संयुक्त बैठक आज १ बजेका लागि बोलाइएको छ।


अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ। संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन्।