काठमाडौं । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् । आज (सोमबार) उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।
स्वाथ्यमन्त्रीमा नियुक्त गरेलगत्तै शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।
शपथलगत्तै मन्त्री यादवले सिंहदरबार आएर पदभार ग्रहण गर्ने बताइएको छ ।