दिवा खाजाका लागि ८ अर्ब ३९ करोड विनियोजित



काठमाडौँ । सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्यालय तहमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि उक्त बजेट विनियोजित गरेको बताएका हुन् । 


प्रारम्भिक कक्षादेखि कक्षा ५ सम्मका ३० लाख बालबालिकाका लागि दिवा खाजा कार्यक्रमको बजेट विनियोजित गरिएको हो ।