कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो



काठमाडौं । सरकारले कृषि क्षेत्रमा बजेट कटौती गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरेर प्रस्तुत गरेका हुन् ।


मन्त्री पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका छन् । जबकी चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई २ अर्ब ९८ करोड
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो बताएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा सो शिर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो ।