जनकपुरधाम । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेकपा एमालेले पनि मधेस सरकार छाड्ने भएको छ ।
आजै नेकपा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
एमाले केन्द्रीय नेतृत्वले मधेस सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको जनाइएको छ ।
नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले केही बेरमै एमालेका मन्त्री समेत राजीनामा दिई सरकारबाट समर्थन समेत फिर्ता लिने बताएका छन् ।
४ वैशाखमा विश्वासको मत लिएका शरदसिंह यादवलाई ६१ जना सांसदले विश्वासको मत दिएका थिए । मधेसमा एमालेको २३ सिट र माओवादी ८ सिट छ ।