आममाफीका क्रममा १५ हजारभन्दा बढी श्रीलङ्काली सैनिक डिस्चार्ज



रक्षा मन्त्रालयले घोषणा गरेको एक महिना लामो आममाफी अवधिमा श्रीलङ्काको सेना त्यागेका १५ हजारभन्दा बढी सैनिकले आफ्नो कर्तव्यबाट कानूनी मुक्ति पाएका सेनाले मङ्गलबार बताएको छ । सन् २०२४ अप्रिल २० देखि मे २० मेसम्म सामान्य माफीको घोषणा गरिएको थियो । यस अवधिमा सेनाबाट अनुपस्थित रहेकाहरूलाई सम्बन्धित रेजिमेन्टल केन्द्रहरूसँग समन्वय गरी कानूनीरूपमा सेनाबाट मुक्त हुने अवसर दिइएको थियो ।

सेनाको विज्ञप्तिअनुसार आममाफी अवधिको अन्त्यसम्ममा सन् २०२३ डिसेम्बर ३१ र यसअघि विदा बिना आफ्नो कर्तव्यबाट अनुपस्थित जम्मा १५ हजार छ सय ६७ सैनिकलाई उनीहरूको रेजिमेन्टल केन्द्रहरूबाट अस्थायीरूपमा डिस्चार्ज गरिएको छ । श्रीलङ्काली सेनाले डिस्चार्ज भएकामध्ये तीन सय ७३ भगौडा सेना हाल विदेशमा बसोबास गरिरहेको र बिदा बिना आफ्नो कर्तव्यबाट अनुपस्थित रहेको बताएको छ ।