अछाम । अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन् ।
उनलाई बँदेलले घरको आँगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ । उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ ।
घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।