६१ जिल्लामा डेंगु फैलियो



अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङ्व्रmमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङ्क्रमण पुष्टि भएको छ ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताए । गोरखापत्रमा खबर छ ।