सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’



काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको दुई दिनपछि नेपाल सरकारका एकजना उपसचिव झुन्डिएको अवस्थामा भेटिएका छन् ।

विशेष अदालतले बुधबार क्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसँगै भ्रष्टाचारी ठहर गरेका उपसचिव नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित घरैमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।


सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पोखरेललाई मंगलबार विशेष अदालतले भ्रष्टाचारी ठहरसहित ६ महिना जेल सजाय सुनाएको थियो ।

विशेष अदालतले ६ महिना कैदसँगै उनीबाट ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र त्यस बराबरको बिगो असुलउपर गर्नुपर्ने फैसला सुनाएको थियो ।