सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित खाना खाँदा एक सय चार जनालाई अस्पताल भर्ना गरिएको छ ।
युनिभर्सिटी अफ सियरा लियोन टिचिङ हस्पिटल कम्प्लेक्सले शनिबार प्रकाशित गरेको विज्ञप्तिमा २६ बालबालिकासहित माबेला समुदायका एक सय चार जना बिरामी सबै स्थिर अवस्थामा रहेको र कसैको पनि मृत्यु नभएको उल्लेख छ ।
अस्पतालले बिरामीहरूमा बान्ता, कमजोरी, चक्कर लाग्ने, बेहोस हुने, रगत बग्नेलगायतका विभिन्न लक्षण देखिएको र प्रभावितहरूलाई तत्काल र व्यापक हेरचाह प्रदान गर्न तत्कालै आकस्मिक प्रतिक्रिया टोली सक्रिय गरिएको जनाएको छ ।
प्रहरीले भीड नियन्त्रण र प्रदूषणको शङ्कास्पद स्रोतको अनुसन्धानमा सहयोग गरेको थियो ।